गण्डकीमा थपिए १७ कोरोना संक्रमित

0
346

असार १६, २०७७ काठमाडौं :  गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आज विहान सार्वजनिक गरेको तथ्यांक अनुसार कास्कीका ८ जना तनहुँका ५ जना, लमजुङका ३ जना र स्याङ्जाका एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ। थपिएका १७ जनासँगै गण्डकी प्रदेशमा संक्रमतिको संख्या ९६६ पुगेको छ।

यस्तै गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट निको हुनेको संख्या २१४ रहेको निर्देशनालयले जनाएको छ।

SHARE