माधब ज्ञवाली र अमर पन्थ ,
असार १५ , २०७७ गुल्मी : जिल्लाको छत्रकोट गाउपालिका गुल्मीले आर्थिक बर्ष २०७७र०७८ को बार्षिक नीति कार्यक्रम सङ्गै बजेट प्रस्तुत गरेको छ।
गाउँपालिका उपाध्यक्ष नर्मदा भण्डारीले कुल ४८ करोड ४२ लाख २३ हजार ८ सय ६० रुपैया बराबरको बजेट छत्रकोट गाउसभामा प्रस्तुत गरिन्।
चालू तर्फ २९ करोड ६१ लाख ३३ हजार ८ सय ६० र पुजीगत खर्च तर्फ रु। १८ करोड ८० लाख ९० हजार बजेट विनियोजन गरिएको हो।
पालिकाले प्रस्तुत गरेको सो बजेटमा कोरोना भाइरस न्यूनीकरण सङ्गै स्वास्थ्य ,कृषि ,शिक्षा ,सडक,खानेपानी तथा सरसफाइ ,सिचाइ ,पर्यटन ,सुशासन लगायतका क्षेत्रले प्राथमिकता पाएका छन् ।
कोरोना भाइरसले पारेको प्रभाव न्यूनीकरण गर्ने,विदेशबाट फर्केको जनशक्तिलाई स्वदेशमै बस्ने अवस्था सिर्जना गर्ने,उत्पादनमा वृद्धि गरि नागरिकको जिवन्स्तरमा सुधार ल्याउने ,आय र रोजगार वृद्धि गरि गरिबी घटाउने,नमुना छत्रकोट बनाउने साथै समृद्ध समाज निर्माण गर्ने उदेश्य राखिएको उपाध्यक्ष भण्डारीले
बताइन् ।
पहिचान गरिएका पुर्वाधार विकास ,पर्यटन ,शिक्षा,स्वास्थ्य ,सिचाइ तथा समपुरक आयोजनाहरुको लागि पालिकाले १६ करोड ४७ लाख विनियोजन गरेको छ।
कृषिर पशुपालनलाई पनि प्राथमिकतामा राखिएको छ।पालिकाले बजेट प्रस्तुत गर्नुभन्दा पहिले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउपालिका अध्यक्ष मधु कृष्ण पन्थले यस बर्ष छत्रकोटलाई “किसानको भरोसाको सरकार ” को रुपमा बढाइ “सबै किसानको घरदैलोमा प्राविधिक सेवा(कृषि उपजमा टेवा” भन्ने नारालाई सार्थक प्रदान गरिने बताउनुभएको थियो।
प्रत्येक वडामा एक उत्पादन एक पहिचान हुनेगरी वडा न।१ तरकारी ,वडा न।२ वङ्गुर पालन ,वडा न। ३ र ४ भैंसी पालन,वडा न। ५ केरा र वडा न।६ बाख्रा पालन को रुपमा अगाडि सारी आ।व ०७७रण्७८ लाई कृषि बर्षको रुपमा कार्यक्रम लक्षित गरिने नीति तथा कार्यक्रम रहेको पनि अध्यक्ष पन्थको भनाइ रहेको छ।
कृषि तथा पशुपालनको व्यवसायिकरणका लागि ८० लाख विनियोजन गरिएको छ।बाझो खेतको ब्यवस्थापनका लागि साझेदारी कार्यक्रम संचालनका लागि ५० लाख विनियोजन गरिएकोमा भैंसी पालन कार्यक्रमको लागि ४३ लाख ४० हजार विनियोजन गरिएको छ भने पर्यटन क्षेत्रमा संघ र प्रदेशबाट प्राप्त आयोजनाहरुमा साझेदारी गर्न एवम् कार्यक्रम संचालन गर्न पालिकालाई प्राप्त अनुदान २२ लाख विनियोजन गरिएको हो।
समग्र पुर्वाधार क्षेत्रको विकासका लागि ६ करोड ६५ लाख विनियोजन भएकोमा छत्रकोट चक्रपथका लागि ३ करोड १६ लाख,पिपलनेटा दिगाम धरमपानी मानकोट दौघा फर्साटाकुरा मोटरबाटोका लागि १ करोड ,सभाहल निर्माणका लागि ५० लाख ,वडा न। १ र ५ को कार्यालय भवन निर्माण गर्न १ करोड २० लाख,नमुना बस्ती तथा सुकुम्बासीहरुको आवास निर्माणका लागि ५० लाख विनियोजन गरिएको उपाध्यक्ष भण्डारीले जानकारी दिइन्।
शिक्षा क्षेत्रको समग्र गुणस्तरको तिब्र सुधार गर्दै प्रविधिक शिक्षालाई विशेष जोड दिने नीति बोकेको यस पालिकाले आत्मबोध माविमा प्राविधिक शिक्षा संचालन गरिसकेको छ भने श्रृङ्गामा प्राविधिक शिक्षा संचालन प्रक्रिया अगाडि बढाउने बताएको छ। जसको लागि शिक्षा तर्फका विभिन्न कार्यक्रमका लागि रु। ९० लाख विनियोजन भएको छ।
स्वास्थ्य क्षेत्रमा पनि ठूलो बजेट विनियोजन भएको छ।यस क्षेत्रमा विभिन्न कार्यक्रम संचालनका लागि १ करोड १७ लाख विनियोजन गरिएकोमा हाल विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस सङ्ग जुध्न भने जम्मा ५० लाख विनियोजन गरिएको छ।
वन तथा विपद व्यवस्थापनको क्षेत्रमा ३४ लाख विनियोजन गरिएकोमा संस्थागत विकास र सेवा प्रवाहका लागि ६ करोड ६८ लाख ८३ हजार ८ सय ६० बजेट छुट्याएको यस छत्रकोट गाउपालिकाले अन्य विविध शिर्षकमा आवश्यक बजेट विनियोजन गरेको बताइएको छ।
प्रस्तुत गरिएको कुल बजेटको लागि यस बर्ष खर्च नभइ बचत हुने रकम रु। २ करोड २६ लाख ७० हजार र पालिकाको आन्तरिक आय रु। ३६ लाख अनुमान गरिएको छ।
त्यस्तै संघिय सरकारबाट अनुदान तर्फ ३४ करोड ४४ लाख र राजस्व बाडफाड तर्फ ६ करोड ६८ लाख ८३ हजार ८ सय ६० प्राप्त हुनेछ भने प्रदेश सरकारबाट अनुदान तर्फ ४ करोड २८ लाख ८९ हजार र राजस्व बाडफाड तर्फ ३७ लाख ८१ हजार पालिकालाई प्राप्त हुने प्रमुख प्रशासकीय अधिकृत भेषराज पन्थले जानकारी दिए ।
प्रस्तुत बजेट कार्यान्वयनको तालिका बनाई चौमासिक लक्ष्य अनुसार कार्यक्रम कार्यान्वयनमा जोड दिइने गाउपालिका उपाध्यक्ष भण्डारीले बताइन्।
आयोजनाहरुको गुणस्तरमा ध्यान पुर्याइने ,नियमित अनुगमन गरिने साथै अनुगमन मुल्यांकन गरिने जानकारी प्रतिबद्धता पनि ब्यक्त गर्दै उहाले यो बजेटको कार्यान्वयनबाट छत्रकोट गाउपालिकाको विकास र यस गाउपालिका बासीहरुको जिवन्स्तरमा सकारात्मक परिवर्तन आउने बिश्वास लिइएको छ ।
आगामी गाउसभा यहि असार १७ गते बस्ने र प्रस्तुत गरिएको बजेटलाई परिमार्जन गर्ने लगायतका कार्यक्रम त्यस दिन रहने गाउपालिका अध्यक्ष मधु कृष्ण पन्थले जानकारी दिए ।