सोमबार थपिए ४७६ जना संक्रमित

0
256

असार १५, २०७७ काठमाडौं :  देशका विभिन्‍न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा पछिल्लो २४ घण्टामा ४७६ जना संक्रमित थपिएका छन्।

सोमबार थपिनेमा ११२ जना महिला र ३६२ पुरुष छन्। योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १३ हजार दुई सय ४८ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना अपडेटबारे नियमित प्रेस ब्रिफिङमा यस्तो जानकारी दिएको हो।

SHARE