सुनको मुल्य आकासियो

0
412

असार १४, २०७७ काठमाडौं :  सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ।
कोरोनाभाइरस र लकडाउनका कारण दैनिक रुपमा सुनको मूल्य बढिरहेको छ। आज फेरि छापावाल सुनको मूल्यमा प्रति तोला ७ सय रुपैयाँ बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। ।
योसँगै छापावाल सुनको मूल्य ९१ हजार ३ सय पुगेको छ। यो अहिलेसम्म सुनको मूल्य सबैभन्दा महंगो हो । शुक्रबार सुन प्रतितोला ९० हजार ६ सयमा कारोबार भएको थियो।
तेजाबी सुनको मूल्य अब ९० हजार ८ सय ६० पुगेको छ। त्यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ। शुक्रबार तोलाको ९ सय ४५ रुपैयाँमा कारोबार भएको थियो।

SHARE