सुशीला रेग्मी
रामपुर (पाल्पा), १४ असार : रामपुर नगरपालिका वडा नं ४ सदावर्तमा एक पुरुष मृत अवस्थामा भेटिएका छन् । विष्णुदेवी आचार्यको पुरानो घरको पछाडी आज बिहान मृत अवस्थामा फेला परेका हुन् ।
नाम, थर, वतन नखुलेका अन्दाजी ५५ वर्षका पुरुष मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ । इलाका प्रहरी कार्यालय रामपुरबाट प्रहरी निरिक्षक भीमबहादुर कार्कीको नेतृत्वमा टोली गई थप अनुसन्धान जारी रहेको छ ।