पर्वतका थप ८ जनाले जिते कोरोना

0
453

असार १३, २०७७ पर्वत : कोरोना भाइरस संक्रमणपछि उपचाररत पर्वतका ८ जना ले कोरोना जितेका छन्।
पर्वत अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा शिशिर देवकोटाका अनुसार उपचाररतहरूको स्वाब पुनपरीक्षण गर्दा नतिजामा नेगेटिभ देखिएपछि उनीहरूलाई पर्वत कोरोना अस्पताल अस्थायी बाट डिस्चार्ज गरिएको हो।

डिस्चार्ज गरिएकामध्ये केहीलाई सम्बन्धित स्थानीय तहले लगेका भए पनि कोहीलाई भने आइतबार लैजाने तयारी भइरहेको कोरोना अस्पतालमा संक्रमितको उपचारमा खटिएका डा सुरज नेपालीले बताए।

निको हुनेहरूमा कुस्मा नगरपालिकाका १ जना महिलासहित ३ जना पुरुष गरी ४ जना तथा फलेवास नगरपालिकाका १ जना पुरुष तथा विहादी गाउँपालिका, महाशीला गाउँपालिका र जलजला गाउँपालिकाका १÷१ जना पुरुष छन्।

SHARE