स्याङ्जाका बालकसहित गण्डकीमा ३२ जना संक्रमित थपिए

0
284

असार १३, २०७७ पोखरा : गण्डकी प्रदेशमा शनिबार बिहान थप ३२ जना कोरोना संक्रमित थपिएका छन् । यसँगै संक्रमितको संख्या ८३८ पुगेको छ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेश क्षयरोग केन्द्र, पोखरा, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङ र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षणमाबाग्लुङ, स्याङ्जा र नवलपरासी बर्दघाट सुस्ता पूर्वका व्यक्तिमा संक्रमण पुष्टि भएको हो। बाग्लुङको ढोरपाटन नगरपालिकाका एक पुरुष र काठेखोला गाउँपालिकाका सात पुरुषमा संक्रमण देखिएको हो।
यस्तै, स्याङ्जाको पुतलीबजार नगरपालिकाका एक पुरुष, विरुवा गाउँपालिकाका एक पुरुष र अर्जुनचौपारी गाउँपालिका १२ महिला र बालकसहित १३ पुरुष र ६ जना महिलामा संक्रमण पुष्टि भएको हो।
यस्तै, वालिङ नगरपालिकाका एक पुरुषमा पनि संक्रमण देखिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ। नवलपरासी बर्दघाट सुस्ता पूर्वको हुप्सेकोट गाउँपालिकाका दुई पुरुषमा संक्रमण देखिएको हो ।
वालिङ नगरपालिका र हुप्सेकोट गाउँपालिकाका व्यक्तिहरु आइसोलेसनमै रहेका छन्। अन्य संक्रमितहरुलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ स्वास्थ्य निर्देशनालयले जनाएको छ।

SHARE