नेपालको जनसंख्या ३ करोड नाघ्यो

0
418

असार १२, २०७७ काठमाडौं :  नेपालको जनसंख्या ३ करोड नाघेको छ। केन्द्रीय तथ्यांक विभागले शुक्रबार दिएको जानकारी अनुसार नेपालको जनसंख्या ३ करोड ६ सय ३४ पुगेको हो।

हरेक दश वर्षमा नेपालको जनसंख्या एकिन सार्वजनिक गरिने गरिएको छ। वि।सं। २०६८ को जनगणना अनुसार नेपालको कुल जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५०४ थियो। जसमध्ये पुरुषको संख्या १ करोड २८ लाख ४९ हजार ०४१ थियो भने महिलाको संख्या १ करोड ३६ हजार ४५ हजार ४६३ रहेको थियो ।

जनघनत्व १८० प्रति वर्ग किलोमिटर रहेको थियो। यस्तै, कुल परिवार संख्यास् ५४ लाख २७ हजार ३०२ रहेको थियो। भूगोलको हिसाबले सबैभन्दा बढी जनसंख्या तत्कालीन मध्यमाञ्चल विकास क्षेत्रमा थियो। जहाँ ९६ लाख ५६ हजार ९८५ थियो। दोस्रोमा पूर्वाञ्चल विकास क्षेत्रमा थियो।

जहाँ ५८ लाख ११ हजार ५५५ जनसंख्या रहेको थियो। तोस्रोमा ४९ लाख २६, हजार ७६५ जनसंख्या रहँदै पश्चिमाञ्चल विकास क्षेत्र रहेको थियो। चारौं स्थानमा मध्य पश्चिमाञ्चल विकास क्षेत्रमा ३५ लाख ४६ हजार ९८५ जनसंख्या रहेको थियो। पाँचौ स्थानमा भने सुदूरपश्चिमाञ्चल विकास क्षेत्र रहेको थियो। जसको कुल जनसङ्ख्या २५ लाख ५२ हजार ५१७ रहेको थियो।

SHARE