शुक्रबार थपिए ५ सय ९३ जना संक्रमित , नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार ७ सय ५५ पुग्यो ।

0
283

असार १२, २०७७ काठमाडौं

पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा ५९३ जना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना अपडेटबारे नियमित प्रेस ब्रिफिङमा यस्तो जानकारी दिएको हो। शुक्रबार थपिनेमा १ सय ७ महिला र ४ सय ८६ पुरुष गरी ५ सय ९३ जना छन्। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार ७ सय ५५ पुगेको छ। यस्तै, बुधबार एक महिलाको मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २७ पुगेको छ। असार ११ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान नजिकै अचेत अवस्थामा भेटिएकी महिलालाई उपचारका लागि अस्पताल भर्ना गरे पनि अस्पतालले मृत्यु भएको घोषणा गरेको थियो। मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले ती महिलाको नाम ठेगाना नखुलेको बताए। अन्दाजी २५र ३० वर्षिया महिलाको ११ गते नै स्वाव संकलन गरिएको थियो। राप्ती स्वास्थय विज्ञान प्रतिष्ठानमा भएको कोरोना परीक्षणमा नतिजा पोजेटिभ आएको उनले बताए। पीसीआर विधिबाट पछिल्लो २४ घण्टामा ६ हजार ५ सय ३४ गरी आजसम्म २ लाख ६ हजार २ सय ७१ जनाको कोरोना परीक्षण भएको छ। यस्तै आरडिटी विधिबाट आजसम्म २ लाख ९० हजार ३ सय ४९ जनाको परीक्षण भएको छ। अहिले देशभरीका क्वारेन्टिनमा ७१ हजार १२ जना रहेका छन्। देशभरीका विभिन्न अस्पतालमा ९ हजार ३० जना आइसोलेसनमा उपचाररत रहेका छन्। शुक्रबार ४८ गरी अहिलेसम्म डिस्चार्ज हुनेको संख्या २ हजार ६ सय ९८ पुगेको छ।

SHARE