कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका एक डाक्टरसहित २५ जनामा कोरोना संक्रमण

0
391

असार १२, २०७७ काठमाडौं  :  कर्णाली कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका २ स्वास्थ्यकर्मीसहित थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ,।
यसअघि प्रतिष्ठानमा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि प्रतिष्ठानका सम्पूर्ण चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीको पीसीआर परीक्षण गरिएको थियो।
यसरी परीक्षण गरिएकोमा १ जना चिकित्सक एक जना स्वास्थ्यकर्मी र अर्का एक जना अस्पतालमा भर्ना भएका बिरामी तथा परीक्षणका लागि आएका अन्य २२ जना गरी २५ जनामा कोरोना पुष्टि भएको अस्पतालका निर्देशक डा मंगल रावलले बताए। प्रतिष्ठानमा यसअघि ४ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको थियो।
योसँगै प्रतिष्ठानमा मात्रै ६ जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भइसकेको छ। डा रावलले उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र संक्रमितलाई अस्पतालकै आइसोलेसन वार्डमा राखिएको जनाए।

SHARE