बिहीबार थपिए ४३४,कोरोना संक्रमित ११ हजार नाघे

0
429

असार ११, २०७७ काठमाडौं:  पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा ४३४ जना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना अपडेटबारे नियमित प्रेस ब्रिफिङमा यस्तो जानकारी दिएको हो। आज थपिएका संक्रमितहरूमा ४८ जना महिला र ३८६ पुरुष छन्। यससँगै नेपालमा हाल कुल संक्रमितको संख्या ११ हजार १६२ पुगेको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए। हालसम्म रसुवाबाहेक ७६ जिल्लामा कोरोना संक्रमित पुगिसकेको छ।

SHARE