मदाने गाउँपालिकाले केन्द्र तोक्यो

0
360

असार ११,२०७७ गुल्मी :
स्थानीय तहको निर्वाचन भएको लामो समयसम्म पनि केन्द्र नलगाउँदा सर्बत्र आलोचना भइराखेको सन्र्दभमा मदाने गाउँपालिकाले बुधबार गाउँसभाबाटै केन्द्र टुंगो लगाएको छ ।
बुधबार सम्पन्न गाउँसभाले मदाने गाउँपालिका वडा ६ पुर्कोटदहको छिर्नेमा गाउँपालिकाको केन्द्र बनाउने निर्णय सर्वसम्मत पारित गरेको हो । गाउँपालिकाको भवन बनाउनको लागि यसभन्दा अगाडि नै पाँच रोपनी जग्गा प्राप्त भइसकेको र अहिले थप पाँच रोपनी गरी कुल १० रोपनी जग्गा भवन बनाउन निशुल्क प्राप्त भएको गाउँपालिकाका सूचना अधिकारी ऋषि पोखरेलले जानकारी दिए ।
गाउँपालिकाको प्रशासकीय भवन बनाउनको लागि गाउँसभाबाट एक करोड ५० लाख रकम समेत बिनियनोजन गरिएको छ । उक्त रकमले पनि नपुगे प्रदेश वा केन्द्र सरकारबाट रकमको लागि पहल गरि भवन निर्माण गर्ने योजना रहेको गाउँपालिकाका उपाध्यक्ष सरिता खड्काले जानकारी दिइन् ।
यो सँगै जिल्लाका १२ स्थानीय तहहरूमध्ये १० वटा स्थानीय तहको केन्द्र टुंगिएको छ । तर इस्मा गाउँपालिका र मालिका गाउँपालिकाको केन्द्र भने अझैसम्म पनि टुंगो लाग्न सकेको छैन ।

SHARE