गुल्मीदरवार गाउँपालिकाको नीति तथा कार्यक्रम सर्बसम्मत पारित

0
567

असार १०, २०७७ गुल्मी :  गुल्मी दरवार गाउँपालिकाले आर्थिक बर्ष २०७७। ०७८ का लागी नीति तथा कार्यक्रम सर्बसम्मत रुपमा पारित गरेको छ ।
गाउँपालिकाले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण गर्दै पालिकाबासीहरुको स्वास्थ्यमा बिषेश जोड दिने गरी नीति तथा कार्यक्रमहरु केन्द्रित रहेको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले पारित गरेको नीति तथा कार्यक्रममा कृषि उत्पादनमा बृद्धि गर्ने , बाँझो जमिन उपयोगको लागि भूमि बैंकको स्थापना गर्ने भएकोे छ ।
गाउँपालिकाले ब्यबसायीक कृषि तथा पशुपालनको माध्यमबाट गरिबी न्यूनीकरण गर्न सकिने भन्दै युवाहरुलाई ब्यबसायीकतामा लाग्न र उनीहरुलाई अनुदानको ब्यबस्था गर्नेे नीति लिएको छ ।
युवाहरुलाई ब्यबसायीकतामा जोड दिदै आयआर्जन संग जोडने र उनीहरुलाई क्षमता बिकासका लागि पनि गाउँपालिकाले कार्यक्रमहरु गर्ने जनाएको छ । युवाहरुलाई अल्पकालिन मात्र नभई दीर्घकालिन रुपमानै कृर्षि र पशुपालनमा लगाई आयआर्जनमा बृद्धि गर्ने गरी गाउँपालिकाले नीति लिएको छ ।
गाउँपालिकाले सडक , खानेपानी तथा पुर्वाधार निर्माण , पर्यटन बिकास , लक्षित समूह बिकास कार्यक्रम संस्थागत क्षमता बिकास सुशासन र सेवा प्रबाहलाई जोड दिदै बिपद ब्यबस्थापनलाई प्रभाबकारी बनाइने गरी नीति तथा कार्यक्रम पारित गरेको छ ।
सोही नीति अनुसार गाउँपालिकाले ४२ करोड २२ लाख २३ हजार ८६४ रुपैयाँको अनुमानित बजेट ल्याएको छ ।

गुल्मीदरवार गाउँपालिकाको नीति तथा कार्यक्रम  हेर्नका लागि  तलको Link मा Click गर्नसक्नु हुन्छ।
SHARE