बिहादी गाउँपालिकामा २५० बेरोजगारले रोजगार पाए

0
780

तिलाचन पाण्डे
असार ९,२०७७ पर्बत : पर्बतको बिहादी गाउँपालिकाले दुई सय ५० जना बेरोजगारहरुलाई रोजगारी दिएको छ ।
गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत पालिकामा सुचिकृत बेरोजगारहरुलाई रोजगार स्वरुप गाउँका बिकास निर्माणका कार्यमा लगाएको कार्यक्रम संयोजक नबिन्द्र भुर्तेलले जानकारी दिए ।


उनका अनुसार पालिका भित्रका बेरोजगारहरुलाई रोजगार स्वरुप कार्यक्रम सुरु भएको र गाउँपालिका भित्रका बिकास निर्माणका काममा लगाइएको जानकारी दिए ।
गरिबी न्यूनीकरण हुने
गाउँका दुई सय ५० जना १८ बर्षदेखि ५९ बर्षसम्मका बेरोजगारहरुले रोजगार पाएपछि उनीहरुको दैनिकी सहज रुपमा चल्ने भएको छ ।
उनीहरुको श्रमको सम्मान गर्दै आन्तरीक रुपमा रोजगारी सृजना भएको गाउँपालिकाले दाबी गरेको छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत ग्रामीण स्तरका सडकहरु मर्मत संभार , ग्याबिङ वाल निर्माण , सिडीहरु निर्माण गर्ने कार्यमा लगाइएको गाउँपालिकाले जानकारी दिएको छ ।


प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत बेरोजगारहरुलाई रोजगार , श्रमको सम्मान पनि भएको छ ।
यस कार्यक्रम मार्फत अति बिपन्न , बेरोजगारहरुलाई रोजगारको माध्यमबाट जीबनस्तर उकास्न सहज हुने बिश्वास लिइएको छ ।

SHARE