कालीगण्डकी गाउँपालिकाको केन्द्र नै सञ्चार विहीन

0
603
कालीगण्डकी गाउँपालिकाको तस्विर : तिलाचन पाण्डे

तिलाचन पाण्डे
असार ११,२०७७ गुल्मी  : गुल्मीको कालीगण्डकी गाउँपालिकामा सञ्चारको पहुँच नै छैन ।
कालीगण्डकी गाउँपालिकाको केन्द्र भएको पुर्तिघाटमा न सहज रुपमा सम्पर्क हुन सक्छ त न नेटले नै काम गर्छ ।
गाउँपालिकामा भएका कार्यहरु अर्थात केही घटनाहरु भइहाले पनि सदरमुकाम सम्म थाहा पाउन कैयौँ समय कुर्नु पर्ने बाध्यता छ ।
गाउँपालिकाको केन्द्रमा नै सञ्चारको पहुँच र नेटले सहज रुपमा काम नगर्दा सेवाग्राहीहरुलाई समेत समस्या पर्ने गरेको सेवा ग्राहीहरुले बताउँदै आएका छन् ।
गाउँपालिकामा सेवा लिन जानका लागि पालिकामा अध्यक्ष , उपाध्यक्ष तथा प्रमुख प्रशासकीय भए या नभएको बारेमा फोन मार्फत कन्र्फम गरेर जान सकिने अबस्था पनि नभएको वडा नं १ का स्थानीय तिलक रानाले गुनासो गरे ।
पालिकामा गएर काम हून्छ या हुदैन भन्ने बारेमा फोन मार्फत कुरा गरेर जानका लागी पनि गाउँपालिकामा फोनले काम नगर्दा कैयौँ पटक पालिकामा जाँदा काम नभई फर्किएर आउन पर्ने अबस्था भएको उनले बताए ।
यस्तै गाउँपालिकाको केन्द्रमै रहेका स्थानीय राजेश श्रेष्ठले फोनले काम नगर्दा सारै समस्या भएको बताए ।
उनका अनुसार बजारमा फोनले काम नगर्दा कहीँ कतै अतिआवश्यक फोन गर्न परिहाले कता फोनले काम गर्छ भन्दै डाँडाहरु खोन्दै हिड्नु पर्ने अबस्था रहेको बताए ।
जतिसक्दो छिटो सहज बनाउने प्रक्रियामा छौ  : अध्यक्ष
सञ्चारलाई जति सक्दो छिटो सहज बनाउने गरी आफू लागेको गाउँपालिकाका अध्यक्ष बेदबहादुर थापाले जानकारी दिए ।
गाउँपालिका बासीहरुले गाउँपालिकाको केन्द्रमानै सञ्चारको पहँुच नभएको भन्ने गुनासो आइरहेको सन्र्दभमा थापाले जतिसक्दो छिटो सञ्चारको पहुँचलाई सहज बनाउनका लागि टेलिकमको क्षेत्रीय कार्यलय भैरहवा संग समन्वय गरेको दाबी गरे ।

पुर्तिघाट बजारमै टावर राखेर संचालन गर्ने तयारीमा छौ : सापकोटा
यता नेपाल टेलिकम गुल्मीका कार्यलय प्रमुख रुक्मागत सापकोटाले बजारमै टावर राखेर संचालन गर्ने तयारीमा रहेको जानकारी दिए ।
गाउँपालिकाको केन्द्रमा नै संचारको पहुँच सहज नहुँदा बारम्बार आफूहरुलाई पनि तनाब सिर्जना भएको भन्दै पुर्तिघाट बजारमा नै टावर निर्माण गरि संचालन गर्ने तयारीमा रहेको जानकारी दिए ।
तत्कालका लागि सानो संरचना तयार गरेर संचालन गर्ने र पछिका लागि बृहत संरचना संगै अगाडी बढ्ने सोचमा रहेको उनले दाबी गरे ।
एक दुई महिना भित्रमानै पुर्तिघाटमा सञ्चारको सहज पहुँच पुग्ने सापकोटाले जानकारी दिए ।

SHARE