असार ६, २०७७ काठमाडौं : गण्डकी प्रदेशमा शनिबार थप ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार तनहुँ, नवलपुर, गारेखा, म्याग्दी, कास्की, स्याङजा र बाग्लुङमा नयाँ संक्रमित भेटिएका हुन्।
नयाँ संक्रमित भेटिएका जिल्लामध्ये तनहुँमा २५ जनामा रहेका छन्। उनीहरु सबै पुरुष हुन्। यस जिल्लाको ऋषिङ गाउँपालिकामा २१, व्यास नगरपालिकामा २, र शुक्लागण्डकी नगरपालिकामा २ जना सङ्क्रमित थपिएका हुन्।
यस्तै, नवलपुरको बुलुङटार गाउँपालिकामा ११, बौदीकाली गाउँपालिकामा एक, मध्यविन्दु नगरपालिकामा दुई, विनयत्रिवेणी गाउँपालिकामा एक र देवचुली नगरपालिकामा एकजनामा संक्रमण पुष्टि भएको हो। संक्रमितहरु सबै पुरुष हुन्।
गोरखाको भीमसेन नगरपालिकामा पाँच र म्याग्दीको मालिका गाउँपालिकामा एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो। कास्कीको मादी गाउँपालिका एक पुरुष र एक १९ महिना बालिकामा संक्रमण देखिएको हो। यस्तै, स्याङजाको एक पुरुष र बाग्लुङको काठेखोला गाउापालिकाका सात पुरुष र एक महिलामा संक्रमण देखिएको निर्देशनालयले जनाएको छ।
शनिबार बिहान थपिएका ५८ जनासँगै गण्डकीमा संक्रमितको संख्या ४३८ पुगेको छ।