असार ५, २०७७ : बैतडीमा एक गर्भवतीमा कोरोना पुष्टि भएको छ।
जिल्लामा आज थप पुष्टि भएका ६४ जना कोरोना संक्रमण पुष्टि भएकोमा १ जना गर्भवती पनि छिन्।
संक्रमण पुष्टि हुने महिला दशरथचन्द नगरपालिका ७ की रहेकी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दुर्गादत्त जोशीले जानकारी दिए।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा उनमा कोरोना देखिएको हो।
दशरथचन्द नगरपालिकाका १० जनामा कोरोना देखिएको हो। संक्रमित महिलामा ६ महिनाको गर्भ रहेको स्वास्थ्य शाखा प्रमुख जोशीले बताए।