असार ५, २०७७ काठमाडौं : पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा ४२६ जना संक्रमित थपिएका छन्।
यससँगै कुल संक्रमितको संख्या ८ हजार २७४ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना अपडेटबारे नियमित प्रेस ब्रिफिङमा यस्तो जानकारी दिएको हो।
मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भेटिएका संक्रमितमा ३३८ जना पुरुष र ८८ जना महिला रहेका छन्।
यस्तै, प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालबाट २१६ जना डिस्चार्ज भएका छन्।