५ जना चिकित्सकमा कोरोना पुष्टि

0
352

असार ५, २०७७ पर्वत :  पर्वत अस्पतालमा कार्यरत ५ जना चिकित्सहरुमा कोरोना सङ्क्रमण रहेको पुष्टि भएको छ।

अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा शिशिर देवकोटाकाअनुसार राष्ट्रिय प्रयोगशाला टेकु काठमाडौंमा चिकित्सकहरूको स्वाब परीक्षणको लागि पठाइएकोमा ५ जनामा सङ्क्रमणको पुष्टि भएको हो।

उनीहरू पर्वत कोरोना अस्पताल ९अस्थायी० मा आफ्नो पालोअनुसार सङ्क्रमितहरूको उपचारमा संलग्न रहँदै आएका थिए। सदरमुकाममै रहेको गुप्तेश्वर बहूमुखी क्याम्पसको भवनमा राखिएको अस्पतालको तल्लो तलामा सङ्क्रमितहरूलाई राख्ने गरिएको छ भने माथिल्लो तलामा उनीहरूको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरू रहँदै आएका छन्।

सङ्क्रमितहरूको उपचारमा संलग्न स्वास्थ्यकर्मीले भौतिक दुरी कायम गरी पिपिई सेट लगाएर जाने गरेको भए पनि अस्थायी अस्पतालबाट सरेको हो वा अन्य माध्यमबाट हो भन्नेबारे नखुलेको डा देवकोटाको भनाइ छ।

SHARE