कर्णालीमा कोरोना संक्रमितको संख्या १२ सय नाघ्यो

0
313

असार ४, २०७७ दैलेख : कर्णाली प्रदेशका विभिन्न जिल्लामा बिहीबार मात्र १ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
प्रदेश अस्पताल पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा दैलेखका ८६ र सुर्खेतका ३४ जनामा संक्रमण भेटिएको हो। कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाले बिहीबार सार्वजनिक गरेको विज्ञप्तिअनुसार दैलेख महाबु गाउँपालिकामा ५ जना महिलासहित ७६ जनामा कोरोना पुष्टि भएको छ।

ती ७६ जनामध्ये उक्त गाउँपालिका–२ मा मात्र ५२ जनामा संक्रमण पुष्टि भएको विज्ञप्तिमा उल्लेख गरिएको छ। त्यस्तै गुराँस गाउँपालिकामा ५ जना, चामुण्डा बिन्द्रासैनी नगरपालिकामा २ जना, दुल्लु नगरपालिकामा २ तथा भैरवी गाउँपालिकामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
त्यसैगरी सुर्खेत वीरेन्द्रनगर नगरपालिकामा १ जना महिला सहित ६ जना, बराहताल गाउँपालिकामा २ जनामा कोरोना पुष्टि भएको छ। चौकुने गाउँपालिकामा २ जना, चिंगाड गाउँपालिकामा १ महिलासहित ८, गुर्भाकोट नगरपालिकामा १ महिलासहित ५, पञ्चपुरी नगरपालिकामा १ महिलासहित १० र सिम्ता गाउँपालिकामा पनि १ महिलामा कोरोना पुष्टि भएको छ।
बिहीबार १ सय २० जना कोरोना संक्रमित थपिएसँगै कर्णालीमा संक्रमितको संख्या १ हजार २ सय २४ पुगेको छ। त्यस्तै कोरोनाकै कारण चार जनाले ज्यान गुमाइसकेका छन् भने कोरोना जितेर घर फर्किनेको संख्या ५ सय ५ रहेको छ।

SHARE