कारागारको सुरक्षा जिम्मा नेपाली सेनालाई

0
389

असार ४, २०७७ बैतडी : जिल्ला कारागार कार्यालयको सुरक्षा जिम्मा नेपाली सेनाले गर्ने भएको छ।
कारागार र विकास आयोजनासहितका महत्वपूर्ण संरचनाको जिम्मा नेपाली सेनालाई दिने सरकारको निर्णयअनुसार नै सेना परिचालन गरिन लागिएको हो।
बैतडी कारागारको सुरक्षाका लागि शुक्रबारदेखि सेना बस्ने भएको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए। कारागार सुरक्षाका लागि बैतडीमा रहेको हनुमान ध्वज गुल्मका सेनालाई पठाइने भएको छ।
केही दिनअघि बसेको जिल्ला सुरक्षा समितिको बैठकले यो निर्णय गरेको हो। प्रहरीलाई कोरोना रोकथाम तथा नियन्त्रण क्षेत्रमा खटाइने बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक नारायणप्रसाद अधिकारी बताए।
कारागार कार्यालयमा सेना परिचालनका लागि बुधवार प्रमुख जिल्ला अधिकारी जोशीसहित सुरक्षा निकायका प्रमुखले अनुगमन तथा निरीक्षणसमेत गरेका थिए।
सरकारले सशस्त्र र नेपाल प्रहरीलाई कोरोना रोकथाम तथा नियन्त्रणको क्षेत्रमा परिचालन र सेनालाई कारागार र जलविद्युत् क्षेत्रको सुरक्षालगायत महत्वपूर्ण प्रतिष्ठानमा पठाउने निर्णय गरेको थियो।
बैतडी कारागार २५ कैदीबन्दी क्षमता भए पनि हाल ३० कैदी र १७ जना थुनुवा गरी ४७ जना छन्।

SHARE