जानु पाण्डे
असार ४,२०७७ कपिलवस्तु : कपिलवस्तुको शिवराज नगरपालिकामा तीन महिने बालकमा कोरोना संक्रमण देखिएको छ । बिहीबार राष्ट्रिय जन स्वास्थ्य प्रयोगशाला टेकुमा भएको परीक्षणमा कोरोना संक्रमण देखिएको हो ।
उनी वडा नं। ७ का हुन । बालक सहित बुवा आमा भारतबाट आई क्वारेन्टाईनमा बसेका थिए ।
बाबु आमाको रिपोर्ट नेगेटिभ
क्वारेन्टाइनमा रहेका उनका आमा बुवामा कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।
बालकमा मात्र पोजेटिभ आए पछि उपचार कसरी गर्ने भन्ने समस्यामा परेको छ । बालकको स्वास्थ्य अवस्था सामान्य रहेको छ । बालकको उपचार कसरी गर्ने भन्ने विषयमा अहिले चिकित्सक सँग सल्लाह लिँदै गरिएको छ ।
लुम्बिनी प्रादेशिक अस्पतालका चिकित्सक डा। नेत्र बहादुर रानाले कोरोना विशेष अस्पताल बुटवल धागो कारखानामा राख्ने परामर्श दिए पछि लैजाने तयारी भएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना फोकल पर्सन कुमार थापाले बताए ।
यसै गरी कपिलवस्तुमा बिहीबार १६ कोरोना संक्रमित थप भएका छन् । थप हुनेमा बाणगंगा नगरपालिकाका १ जना , शिवराज नगरपालिकाका ७ जना र मायादेवी गाउँपालिकाका ८ जना रहेका छन् ।
थपिएका मध्ये २ जना महिला रहेका छन् । सबैको अवस्था सामान्य रहेको बताइएको छ । यो थप भए सँगै जिल्लामा संक्रमितको सङ्ख्या ६७३ पुगेको छ ।