नेपालको नयाँ नक्सा राष्ट्रियसभाबाट सर्वसम्मत पारित

0
333
फाइल फोटो

असार ४, २०७७ काठमाडौं  : भारतले हडपेको भूमि समेटेर जारी गरिएको नेपालको नयाँ नक्सा राष्ट्रियसभाबाट पनि सर्वसम्मत पारित भएको छ।
नेपालको संविधानको दोस्रो संशोधन विधेयकमाथि भएको दफावार छलफल भएपछि मतदान भएको थियो। नयाँ नक्सालाई आधिकारिकता दिन पेश गरिएको नेपालको संविधान दोस्रो संसोधन विधेयक राष्ट्रियसभाबाट बिहीबार सर्वसम्मतिले पारित भएको हो।
आज भएको राष्ट्रियसभाको बैठकमा नेपालको नयाँ नक्सासहितको निशान छापसम्बन्धी संविधान संसोधन विधेयक अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले सर्वसम्मत पारित भएको घोषणा गरे। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री डा।शिवमाया तुम्बाहाङ्फेले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपालको संविधान दोस्रो संसोधन विधेयकमाथिको दफावार छलफलका लागि सदनमा पेश गरेकी थिइन्।

SHARE