एकैदिन भेटिए ५८६ जना संक्रमित

0
418

असार ३, २०७७ काठमाडौं : पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा ५८६ जना संक्रमित थपिएका छन्।

यससँगै कुल संक्रमितको संख्या ७ हजार एक सय ७७ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना अपडेटबारे नियमित प्रेस ब्रिफिङमा यस्तो जानकारी दिएको हो। देशभर भेटिएका संक्रमितहरुमा महिलाको संख्या ५ सय ३९ रहेको छ भने पुरुषको संख्या ६ हजार ६ सय ३८ रहेको छ।

कुल संक्रमितमध्ये पुरुष ६ हजार ६३८ र महिला ५३९ जना रहेका मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए। पछिल्लो २४ घण्टामा भेटिएका संक्रमितमा ५४६ जना पुरुष र ४० जना महिला रहेका छन्।

गौतमका अनुसार पछिल्लो पटक नेपालगन्जमा एकजनाको ज्यान गएको छ। यससँगै मृतकको संख्या पनि २० पुगेको छ।

SHARE