असार २,२०७७ गुल्मी : अर्घाखाँचीको पाणिनीमा १७ बर्षकी गर्भवती महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जेठ १० गते भारताबाट श्रीमान सहित आएकी उनमा कोरोना संक्रमण पुटि भएको पालि स्वास्थ्य चौकीका इन्चार्ज रामप्रसाद घिमिरेले जानकारी दिए । उनीलाई सन्धिखर्कमा आइसोलेशनमा राखेर उपचार गर्ने तयारी भइरहेको छ ।
उनका पतिलाई अलग कोठामा राखिएको र उनको पनि स्वाब परीक्षणका लागि भैरहवा पठाइको छ ।