गुल्मीका थप ३ जनामा कोरोना संक्रमण पुष्टि : जिल्लामा संक्रमतिको संख्या २० पुग्यो

0
467

तिलाचन पाण्डे
असार १,२०७७ गुल्मी : गुल्मीमा थप जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै जिल्लामा संक्रमितको संख्या २० पुगेको स्वास्थ्य कार्यलय गुल्मीले जनाएको छ ।
प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा सोमबार मुसिकोट नगरपालिकाका ३ जना पूरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यलय गुल्मीका सूचना अधिकरी पशुपति आचार्यले जानकारी दिए । उनीहरु १७,१८ ,२४ बर्षका रहेका छन् ।
यस अघि जिल्लाको रुरुक्षेत्र गाउँपालिकाका वडा नं ५ का २८ र ३५ बर्षका पूरुषहरु , रेसुंगा नगरपालिकाका २८ र ३२ बर्षिय पूरुष , छत्रकोट गाउँपालिकाका ३८ बर्षका पूरुष , धुर्कोट गाउँपालिकाकी २० बर्षकी महिला , सत्यवती गाउँपालिकाका ४ जना २१ , २७,२९ र ३४ बर्षका पूरुषहरु रहेको आर्चायले जानकारी दिए ।
यस्तै रेसुंगा नगरपालिकाका १ जना २६ बर्षका , धुर्कोट गाउँपालिकाका २ जना ३६,३७ बर्षका, मदाने गाउँपालिकाका २ जना ४१,३२ बर्षका , चन्द्रकोट गाउँपालिकाका १ जना ७१ बर्षका , रुरु गाउँपालिकाका १ जना ३६ बर्षका पूरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
२ जनाको संक्रमणका कारण मृत्यु
गुल्मी जिल्लामा कोरोना संक्रमणका कारण २ जनाको मृत्यु भएको छ । जिल्लाको मदाने गाउँपालिकाका वडा नं ६ पुर्कोटदहका ४१ बर्षिय शिक्षकको रुपन्देहीको क्रिमसन अस्पतालमा उपचारको क्रममा र धुर्कोट गाउँपालिकाका ३६ बर्षिय पूरुषको तम्घासको आइसोलेशनमा उपचारको क्रममा शनिबार राती मृत्यु भएको हो ।
२ जना उपचारपछि घर फर्किए
१७ जना कोरोना संक्रमितहरु मध्ये २ जना उपचारपछि निको भएर घरफर्किएका छन् ।
जिल्लाको धुर्कोट गाउँपालिकाका ३७ बर्षका अध्यक्ष भुपाल पोखरेल र मदाने गाउँपालिका ६ पुर्कोटदह स्थित कृर्षि बिकास बैकंमा कार्यरत ३२ बर्षका एक कर्मचारी उपचार पछि निको भएर घर फर्किएका स्वास्थ्य कार्यलय गुल्मीले जनाएको छ ।

SHARE