जेठ ३२ ,२०७७ गुल्मी : कोरोना भाइरस नियन्त्रणमा सरकारले प्रभाबकारी कदम चाल्न नसकेको भन्दै गुल्मीमा युवाहरुले प्रर्दशन गरेका छन् ।
जिल्ला प्रशासन अगाडी उनीहरुले बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म प्लाकार्डसहित सरकार बिरुद्ध पर्दशन गरेका हुन ।
उनीहरुले आरडिटी खारेज गर्दै पिसिआर अनिवार्य गर्नुृपर्ने , कोरोना नियन्त्रणका लागि खर्च भएको रकम पारदर्शिता हुनुपर्ने लगायतका मागहरु राख्दै जिल्ला प्रशासन कार्यलय अगाडी प्रर्दशनमा उत्रिएका थिए ।
उनीहरुले क्वारेन्टाइन मापदण्ड अनुसारको नभएकाले मापदण्ड अनुसारको बनाउन समेत माग गरेका छन् ।
सरकारले जनताको स्वास्थ्य माथी लापरवाही गरेको र क्वारेन्टाइनमा कुनै सुबिधाहरु नभएको भन्दै बाध्य भएर आफूहरु पर्दशनमा उत्रिएको प्रर्दशनको नेतृत्व गरेका युवा अनुप भुसालले जानकारी दिए । क्वारेन्टाइनमा शौचालय ,खाना बस्नको राम्रो ब्यबस्था नगरि नामका मात्रै क्वारेन्टाइन बनाएर जनताको स्वास्थ्य माथि लापरवाही गरेको उनले आरोप लगाए ।
आफूहरु कुनै राजनीतिक दलसंग आबद्ध नभई सरकारले गरेको लापरवाहीको बिरुद्धमा उत्रिएको प्रर्दशनमा उत्रिएकी पुजा रानाले बताइन् । उनीहरुले सामाजिक संजालबाट भेला हुनका लागि आग्रह गरिएकाले सबै स्वत्त स्फूर्त रुपमा उपस्थिती भएको जनाएका छन् ।
सरकारलाई गालीमात्रै गरेर नहुने भन्दै राम्रा कमको प्रशंसा समेत गर्नुपर्ने उनीहरुको भनाई छ ।
पछिल्लो समयमा सरकारले भारतद्धारा अतिक्रमण गरेको भूमिलाई नेपालको नक्सा र निशान छापमा समाबेश गरेको भन्दै उनीहरुले सरकारलाई धन्यबाद समेत प्रकट गरेका छन् ।