पहिरो अपडेट : छ जनाको शव फेला

0
531
फाइल फोटो

जेठ ३२, २०७७ पर्वत : कुश्मा नगरपालिका–३ दुर्लुङमा शनिबार राति गएको पहिरोमा परी मृत्यु हुनेको संख्या ६ पुगेको छ। पहिरोमा नौजना पुरिएका थिए।

आइतबार बिहानदेखि उद्धार कार्य सुरु गरेपछि थप चारजनाको शव पुरिएको अवस्थामा फेला परेको हो।
शनिबार राति साढे ८ बजे गएको पहिरोमा पुरिएकामध्ये ५२ वर्षीय तुलबहादुर थापा, उनकी श्रीमती ५२ वर्षीया मीनकुमारी र नातिनी आठ वर्षीया बिबिशाको शव भने शनिवार राति नै फेला पारिएको थियो।
बिहान ३२ वर्षीया कमला विक र ३० वर्षीय दिर्पा थापा, ५२ वर्षीय तुलबहादुर थापा र नाम नखुलेका एकजनाको शव फेला परेको प्रहरीले प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीले जानकारी दिए। बेपत्ता रहेका अन्य तीनजनाको खोजी तीब्र पारिएको सुवेदीले बताए।

SHARE