आमाबाबुको रिपोर्ट नेगेटिभ , तीन महिने शिशुमा कोरोना संक्रमण पुष्टि

0
639

जेठ ३१,२०७७ गुल्मी  : रुपन्देहीमा तीन महिने शिशुमा कोरोना संक्रमण देखिएको छ ।

जिल्लाको कंञ्चन गाउँपालिका ५ को लुम्बिनी ज्ञान निकेतन माध्यमिक बिधालयको क्वारेन्टाइनमा आमासंगै बसेकी तीन महिने शिशुमा कोरोना संक्रमण पुष्टि भएको वडा अध्यक्ष कृष्णप्रसाद अधिकारीले जानकारी दिए ।

संगै क्वारेन्टाइनमा रहेका आमाबाबुमा भने कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको अधिकारीले जानकारी दिए ।
उनीहरुलाई एकै ठाउँराख्न पनि नमिल्ने र अब कसरी उपचार गर्ने भन्नेमा अन्योलता छाएको छ । उनीहरु जेठ ६ गते भारतको मुम्बईबाट आई क्वारेन्र्टानमा बसेका हुन् ।

SHARE