जेठ ३०, २०७७, बुटवलमा शुक्रबार पनि सरकारविरुद्ध प्रदर्शन भएको छ। कोराना भाइरसको संक्रमण रोकथाममा सरकारले वास्ता नगरेको र खर्चमा पारदर्शिता नभएको भन्दै नागरिकहरु प्रदर्शनमा उत्रिएका हुन्।
प्रदर्शनकारीले सबै परीक्षण पीसीआर विधिबाट गर्नुपर्ने माग गरेका छन्। प्रधानमन्त्रीले बेसार पानी खाऊ भन्नुको अर्थ उपचार गर्नुनपर्ने संकेत गरेको उनीहरूले आरोप लगाएका छन्। कोरोनाका बेला भएको खर्च पारर्शिता देखाउन पनि उनीहरुले माग गरेका छन्।
‘असुरक्षित क्वारेन्टिन बन्द गर, नो पिसिआर, नुनतेल, बेसार खाएर हुँदैन कोरोनाको उपचार, चाहियो’लगायत नारा लगाएका थिए। कुर्सीमुनि कार्पेट, कार्पेटमुनि जनताजस्ता नारा पनि लगाएका थिए। नेपालमा कोरोनाको माहामारी तीव्र गतिमा फैलिरहेका बेला सरकारले जनताको स्वास्थ्यप्रति खेलवाड गरेको आरोप लगाएका छन्।