कोरोनाका कारण ज्यान गए २० लाख

0
478

जेठ ३०,२०७७ बर्दिया  :  बर्दियामा कोरोनाका कारण ज्यान गए बढैयाताल गाउँपालिकाले २० लाख रुपैयाँ दिने भएको छ ।
कोरोना रोकथामका लागि खटिने स्वास्थ्य कर्मी , जनप्रतिनिधि र कर्मचारीको कोरोनाका कारण ज्यान गए २० लाख रुपैयाँ दिने कार्यपालिकाको बैठककले निर्णय गरेको गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले जानकारी दिए ।
यस्तै गाउँपालिकाले कोरोना नियन्त्रण तथा रोकथामका लागि खटाएका अन्यहरुको पनि ज्यान गए २० लाख रुपैयाँ उपलब्ध गराउने भएको हो ।
यस्तै गाउँपालिका भित्रका नागरिकको कोरोनाका कारण ज्यान गएमा ५ लाख र उपचार खर्च पनि गाउँपालिकाले गरिदिने निर्णय भएको गाउँपालिकाले जनाएको छ ।

SHARE