गुुल्मीका कोरोना संक्रमितको अबस्था गम्भीर :  श्रीमती भन्छिन घर लान पाए हुन्थ्यों

0
1119

तिलाचन पाण्डे
जेठ २९,२०७७ गुल्मी  :रेसुंगा नगरपालिकाको आइसोलेसनमा राखेर उपचार गराइरहेका एक जनाको अबस्था दिनानुदिन गम्भीर बन्दै गएको छ ।
धुर्कोट गाउँपालिकाका ३६ बर्षिय पूरुषमा जेठ १२ गते कोरोना संक्रमण पुष्टि भएपछि उनलाई सदरमुकार तम्घासको आइसोलेसन वार्डमा राखेर उपचार गरिए पनि उनको अबस्था गम्भीर रहेको रेसुंगा नगरपालिकाका स्वास्थ्य संयोजक बोम अर्यालले जानकारी दिए ।
घरको अबस्था दयनिय भएका उनमा बिगत २ बर्षदेखि आन्द्राको क्यान्सर भएको थियो । उनको उपचारका लागि कहिले भारत त कहिले कहाँ गर्दै गर्दा हालसम्म करिब १५ लाख रुपैयाँ जति खर्च भइसकेको उनकी श्रीमतीले बताइन् ।
घरमा आयस्रोत न्यून भएका उनका १४ बर्षका छोरा , ७० बर्षका बुवा र श्रीमती छन् । केही धनसम्पती जोडौला र पछि आरामसंग बसौला भन्ने योजना हुँदा हुँदै क्यान्सर त थियो नै त्यसैमाथि कोरोनाले गर्दा दुख माथी दुख थपिएको भएको बताउँदै आएका उनका आफन्तीहरुले जनाउँदै आएका छन् ।
अहिले उनले खाना पनि राम्रो संग नखाने र शरीर फुल्लीदै गएको उनका अंकलका छोराले बताएका छन् । उहाँ अहिले राम्रोसंग बोल्न सक्नुहुन्न र खाना पनि खान सक्नुभएको छैन उहाँको अबस्था गम्भीर रहेको उनले बताए ।


औषधी समेत खान सक्नुहुन्न
पछिल्लो २ दिनदेखी उहाँले औषधी समेत खान नसक्ने भएको उनकी श्रीमतीले बताएकी छिन् । हिजो देखि उहाँले औषधी समेत खान सक्नुभएको छैन र उहाँले म आफैलाई पनि चिन्न नसकेको उनले बताइन् ।
कोरोना संक्रमण भएको जेठ १२ गते उहाँलाई घरबाट हिड्दा उहाँले खाना बनाउने ,खाने कपडा धुने सबै गर्न सक्नुहन्थ्यो यहाँ ल्याएपछि उहाँको अबस्था सारै नाजुक भएको उनले गुनासो गरिन् ।
मलाई बोकेर घर लैजा भन्नुहुन्छ
आइसोलेशनमा उपचार गराइरहेको उनका श्रीमानले कुनै कुनै बेला मलाई बोकेरै भएपनि आफनो घरमा लैजा भन्ने गरेको उनकी श्रीमतीले बताएकी छिन् ।
संकमितकी श्रीमतीसंग बिहीबार थाहाखबरसंग फोनमा कुरा गर्दै उनले उहाँले बोकेरै भएपनि घरमा लैजान आग्रह गर्ने गरेको बताइन् । यहाँ भन्दा घरमै लैजान पाए राम्रो हुने र आफूलाई पनि श्रीमानलाई घरमै लान पाए हुन्थ्यो जस्तो लागेको उनले बताइन ।
भारतबाट एम्बुलेन्समै आयौ
श्रीमानको उपचारका लागि नयाँ दिल्ली गएका उनीहरु लकडाउन भएपछि जेठ २ गते एम्बुलेन्समै नेपाल आएको बताएका छन् ।
नेपाल र भारत दुबै देश कोरोना भाइरसका कारण लकडाउन भएको समयमा सुरक्षित तरिकाबाट आउनका लागि दिल्लीबाट घरसम्म एम्बुलेन्समै आएको उनले बताइन् ।
दिल्लीदेखि सुनौलीसम्म आउँदा १५ हजार भारतीय रुपैयाँ एम्बसलेन्सले लिएको बताउँदै सुनौली देखि तम्घास १० हजार र तम्घास देखि धुर्कोट घरसम्मको ३ हजार एम्बुलेन्सले लिएको उनले बताइन् ।
कोरोनाको डरले एम्बुलेन्समै आयौँ धुर्कोट आएपछि क्वारेन्टाइनमा राखे र परीक्षणमा कोरोना संक्रमण भएपछि तम्घास ल्याएका छन् यहाँ भन्दा त घरमै राखेको भए उहाँको अबस्था यस्तो हुने थिएन उनकी श्रीमतीले बताइन् ।
शिर उठाउन नसक्ने भएपछि बुटवल जा भन्छन्
आइसोलेसनमा अहिले सम्म राखेर अबस्था नाजुग भएपछि बल्ल बुटवल उपचारमा पठाएको उनले बताएकी छिन् ।
पहिले देखि नै बुटवल लैजान पर्छ भन्ने भएको भए यो अबस्था नाउने भन्दै उनले आफुहरुलाई नसक्ने देखेर वास्था नगरेको दुखेसो पोखिन । सक्नेहरु गाउँपालिकैमा र स्कुलमै बसे पनि हुने हामी नसक्नेलाई यस्तो गरेको भन्दै सबैलाई बराबर ब्यबहार नगरेको उनले बताइन् ।
पैसा पनि छैन गहना पनि बेचेर उपचार गरे
अहिले आफूहरुसंग केही पैसा पनि नभएको उनले बताइन् । आफूसंग भएका गहनाहरु पनि बेचेर श्रीमानको उपचार गराए अहिले उहाँले शिर समेत उठाउन सक्नुहून्न न स्वास्थ्य राम्रो छ न पैसा नै ।
दैब पनि हामी माथि नै लागे जस्तो ,जो छ होचो उसको मुखमा घोचो भन्ने साच्चिकै भएजस्तो आफूलाई लागेको उनले बताइन् ।
संक्रमितको अबस्था गम्भीर भएपछि गाउँपालिकाले बुटवल उपचारका लैजानका लागि आर्थिक सहयोग गर्ने बताएको धुर्कोट गाउँपालिकाले जनाएको छ ।
उनको अहिले बेडमा जाने र झर्न नसक्ने भएपछि भुइँमा राखेर उपचार गरिएको छ ।
संक्रमितको अबस्था गम्भीर भएपछि थप उपचारका लागि बुटवल लैजानका लागि आग्रह गरेको भएपनि उहाँले नमानेको गुल्मी अस्पतालका डाक्टर उत्तम पच्याले जानकारी दिए । उनको दूइपटक सम्मको पिसिआर रिपोर्ट पोजेटिभ नै आएको छ ।

SHARE