आइसोलेसनमा राखेर उपचार गराएका एक जनाको अबस्था गम्भीर , थप उपचारका लागि बुटवल जान मानेनन्

0
700

तिलाचन पाण्डे
जेठ २८,२०७७ गुल्मी  : गुल्मी जिल्लामा चार हजार २०४ जना क्वारेन्टाइनमा रहेको जिल्ला प्रशासन कार्यलय गुल्मीले जनाएको छ ।
जिल्लाको रेसुंगा नगरपालिकामा ३६८ जना , मुसिकोट नगरपालिकामा ७६९ जना , रुरुमा २७९ जना ,चन्द्रकोटमा १९९ जना , छत्रकोटमा ३९७ जना , इश्मामा ५६१ जना , मालिकामा २७८ जना ,धुर्कोटमा ३५१ जना ,कालीगण्डकीमा ९१ जना , सत्यवतीमा २६६ जना ,गुल्मीदरवारमा ३७० जना ,मदाने गाउँपालिकामा २७५ जना गरी कुल चार हजार २०४ जना क्वारेन्टाइनमा रहेको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जनाकारी दिए ।
क्वारेन्टाइनमा रहेका मध्ये ४२२ जना महिला र तीन हजार ७८२ जना पुरुष रहेका छन् । उनीहरु मध्ये अधिकांश भारतबाट आएका छन् ।
जिल्लामा स्थानीय तहले तयार बिभिन्न ३१४ वटा स्थानका क्वारेन्टाइनमा पाँच हजार १४२ बेड रहेका छन् । हालसम्म क्वारेन्टाइनमा रहेका एक हजार ९५० जनाको आरडिटि गरिएकोमा २१८ जनाको पोजेटिभ आएको र बाँकी एक हजार ७३२ जनाको नेगेटिभ आएको छ ।
हालसम्म जिल्लामा ५०६ जनाको स्वाब संकलन गरी परीक्षण गरिएकोमा ४ जनाको पोजेटिभ आएको हो भने ३४७ जनाको रिपोर्ट नेगेटिभ आएको छ । बाँकी १५५ जनाको रिपोर्ट आउन बाँकी रहेको जिल्ला प्रशासन कार्यलय गुल्मीले जनाएको छ । चार जना मध्ये २ जनाले कोरोना जितेर डिस्चार्ज भइसकेका छन् ।

जिल्लामा ७७ बेडको आइसोलेसन
जिल्लाका बिभिन्न स्थानीय तहमा रहेका आइसोलेसनमा ६७ बेडको क्षमता रहेको जिल्ला प्रशासन कार्यलय गुल्मीले जनाएको छ ।
जसमध्ये रेसुंगा नगरपालिकामा २० बेड , मुसिकोट नगरपालिकामा १६, चन्द्रकोटमा ८ ,छत्रकोटमा ३ ,धुर्कोट गाउँपालिकामा २० बेड र सत्यवतीमा १० बेडको गरि कुल ७७ बेडको आइसोलेसन रहेको उल्लेख गरिएको छ ।
सात जनाको आइसोलेसनमा राखेर उपचार
गुल्मी जिल्लाका सात जनालाई आइसोलेसनमा राखेर उपचार गरिएको छ ।
जसमध्ये रेसंगा नगरपालिकाको आइसुलेसनमा ६ जना र छत्रकोट गाउँपालिकाको आइसुलेसनमा राखेर एक जनाको उपचार भइरहेको गुल्मी अस्पतालले जानकारी दिएको छ ।
कोरोना संक्रमित एक जनाको अबस्था गम्भीर
रेसुंगा नगरपालिकाको आइसोलेसनमा राखेर उपचार गराइरहेका एक जनाको अबस्था गम्भिर रहेको रेसुगा नगरपालिकाका स्वास्थ्य संयोजक बोम अर्यालले जानकारी दिए ।

आइसोलेसनमा रहेर उपचार गराइरहेको कोरोना संक्रमित धुर्कोट गाउँपालिकाका ३६ बर्षिय पुरुषको अबस्था गम्भीर रहेको अर्यालले जानकारी दिए ।
उनको बेडमा जान र ओर्लन नसक्ने भएपछि भँुइमा राखेर उपचार गरिएको छ । २ बर्षदेखि आन्द्रको क्यानसर भएका उनको रक्तअल्पता भएका उनलाई थप उपचारका लागि बुटवल पठाइए पनि उनी बुटवल जान नमानेको अर्यालले जानकारी दिए ।
उहाँलाई हामीले थप उपचारका लागि बुटवल जान सुझाब दिएका छौ उहाँ जान मान्नुहुन्न उहाँको अबस्था निकै नाजुग भएको अर्यालले जानकारी दिए ।

उपचारको ब्यबस्था गाउँपालिकाले गर्ने भन्दा पनि बुटवल जान मानेनन्
उनी संगै जेठ १२ गते कोरोना संक्रमण भएका धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेल कोरोनालाई जितेर निरन्तर काममा फर्किसकेका छन् ।
तर आइसोलेसनमा राखेर उपचार गराइरहेका पुरुषको दिनानुदिन स्वास्थ्य अबस्था जटिल बन्दै गएपछि उपचारका लागि गाउँपालिकाले ब्यबस्था गर्ने भन्यो तर उनी बुटवल जान नमानेको गाउँपालिकाका अध्यक्ष पोखरेलले जानकारी दिए ।
उहााको अबस्था गम्भीर रहेको हामीलाई थाहा भएपछि थप उपचारका लागि बुटवल पठाउने र खर्चको ब्यबस्था गाउँपालिकाले गर्ने भन्दा पनि उहाँले मान्नुभएको छैन ।
उहाँले उपचारका लागि बुटवल जान नमानेपछि रेसुंगा नगरपालिकाको आइसोलेसनमा नै राखेर उपचार गरिएको छ ।

SHARE