आगामी वर्षको बजेट प्रतिनिधिसभाबाट बहुमतले पारित

0
353

जेठ २८, २०७७ काठमाडौं  : आगामी आर्थिक वर्ष २०७७÷०७८ को विनियोजन विधेयक बजेट प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ।

प्रतिनिधिसभाको आजको बैठकले बजेट पारित भएको हो। प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री खतिवडाले विनियोजन विधेयक पारित गरियोस् भनेर प्रस्तुत गरेका थिए। जसमा नेकपाका सांसदहरूले पक्षमा मतदान गरे भने प्रमुख प्रतिपक्षी कांग्रेसलगायतका प्रतिपक्षी दलका सांसदहरूले विपक्षमा मत जाहेर गरेका थिए।

आगामी आर्थिक वर्षका लागि अर्थमन्त्री खतिवडाले जेठ १५ गते संघीय संसदको संयुक्त बैठकमा १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट पेस गरेका थिए। प्रतिनिधिसभाबाट पारित भएपछि बजेटमाथि राष्ट्रिय सभामा छलफल हुनेछ। राष्ट्रिय सभामा पनि मन्त्रालयगत विनियोजनमाथि छलफल हुने कानुनी व्यवस्था छ।

राष्ट्रियसभाबाट पनि बजेट पारित भएपछि सरकारलाई खर्च गर्न बाटो खुल्नेछ। सरकारका कतिपय कार्यक्रमलाई लिएर सत्तारुढ दलका सांसदहरूले आलोचना गरेका थिए। मन्त्रीहरूले जवाफ दिएपछि बजेटमाथिको छलफल आज मात्रै सकिएको थियो। थाहाबाट

SHARE