मंगलबार थपिए ३ सय २३ कोरोना संक्रमित

0
335

जेठ २७,२०७७  :  मंगलबार एकैदिन नेपालमा ३ सय २३ जना कोरोना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।
यो संगै नेपालमा कोरोना संक्रमितको संख्या चार हजार ८५ जना पुगेको मन्त्रालयका प्रबक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।
नेपालमा मंगलबार कुल ९६ जनाले कोरोना जितेको र हालसम्म कोरोना जित्नेको संख्या ५ सय ८४ पुगेको गौतमले जानकारी दिए ।
हालसम्म नेपालका ७२ जिल्लामा कोरोना संक्रमण भएको छ ।

SHARE