जेठ २७,२०७७ : चितवनमा एक जना कोरोना संक्रमितको ज्यान गएको छ ।
भरतपुर महानगरपालिका ११ का ६८ बर्षिय पूरुषको उपचारको क्रममा भरतपुर अस्पतालमा ज्यान गएको अस्पतालले जनाएको छ ।
उनीमा सोमबार कोरोना संक्रमण पुष्टि भएको थियो । उनलाई मुटु र निमोनियाको समस्या देखिएपछि अस्पतालमा भर्ना गरिएको थियो ।
नारायणी अस्पतालमा उपचार गराइरहेका उनमा सोमबार कोरोना पुष्टि भएपछि भरतपुर अस्पतालको आइसियुमा राखेर उपचार गरिएको थियो ।
उनको मंगलबार बिहान ज्यान गएको हो ।