वेपत्ता युवाको शव ६ दिन पछि भेटियो

0
268

जेठ २५,२०७७ म्याग्दी  : नुहाउने क्रममा म्याग्दी नदीमा वेपत्ता भएका युवाको ६ दिनपछि शव फेला परेको छ ।
मालिका गाउपालिका–६ दरवाङको छ्यारछ्यारे स्थित क्वारेन्टिनमा बसेका धवलागिरी गाउपालिका–७ धारापानीका १९ वर्षीय राजेश थापा जेठ २० गते वेपत्ता भएका थिए ।
थापाको शव आइतबार दरवाङ्कै बाङ्गेपहिरो स्थित म्याग्दी नदी किनारमा फेला परेको मालिका–६ का वडा अध्यक्ष सन्तोष सुवेदीले जानकारी दिए ।
स्थानीयबासीले धारामा नुहाउन नदिएपछि म्याग्दी नदीमा नुहाउन गएका थापा पौडी खेल्ने क्रममा वेपत्ता भएका थिए । भारतबाट आएर बेनीको क्वारेन्टिनमा बसेका उनको पिसिआर बिधिबाट कोरोना परिक्षण गर्दा नेगेटिभ रिपोर्ट आएपछि दरवाङ सारिएको थियो ।
थापाको शव परीक्षणका लागि बेनी स्थित अस्पतालमा ल्याल्याइएको छ । उनको खोजीमा शसस्त्र प्रहरीको गोटाखोरको टोली समेत ल्याएपनि सफल भएका थिएनन् ।

SHARE