कर्णालीमा थप ५४ कोरोना संक्रमित

0
319

जेठ २५ ,२०७७  :कर्णाली प्रदेशमा थप ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
आइतबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र प्रदेश अस्पताल सुर्खेतमा गरिएको परिक्षणमा कर्णालीका सुर्खेत, दैलेख र सल्यानका थप ५४ जनालाई कोरोना संक्रमण देखिएको कर्णालीका स्वास्थ्य सेवा महाशाखा प्रमुख लक्ष्मी नारायण तिवारीले जानककारी दिए ।
योसंगै कर्णालीमा कोरोना संक्रमितको संख्या ६ सय ४१ पुगेको सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले जनाएको छ ।
आइतबार संक्रमण पुष्टि हुनेहरूमा सल्यानका २८ जना, सुर्खेतका २० जना, कालिकोटका ३ जना र दैलेखका ३ जना रहेका छन् ।
हालसम्म कर्णालीमा कोरोनालाई जितेर ७ जना घर फर्किसकेका छन् । अहिलेसम्म कर्णालीमा कोरोना संक्रमित ३ जनाको ज्यान गइसकेको छ ।

SHARE