
जेठ २५,२०७७ रोल्पा : रोल्पामा पहिलो पटक कोरोना संक्रमण देखा परेको छ ।
भेरी अस्पतालको प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा सुनिल स्मृति गाउँपालिका ५ का २० र २७ बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको भेरी अस्पतालले जनाएको छ ।
आजै भेरी अस्पतालमा गरिएको परीक्षणमा बाँके खजुराका तीन जना र बर्दियाका थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

