कोरोना जितेका गाउँपालिकाका अध्यक्ष भन्छन : गाउँपालिकाको बिकासका लागि योजना बनाउने अबसर मिल्यो

0
490

तिलाचन पाण्डे
जेठ २५,२०७७ गुल्मी  :धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले सहजै रुपमा आफूले कोरोना जितेको बताएका छन् ।
जेठ १२ गते प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा रिपोर्ट पोजेटिभ आएका उनले आफूलाई कोरोनाका कुनै लक्षणहरु पनि देखा नपरेको र आफूले सहजै कोरोनालाई जितेको बताएका हुन् ।
१२ दिनदेखि आफू एकान्तबासमा बस्दा तुल्सीका पत्ता , कागती ,पुदिना लगायत तातो पानी सेबन गरेकाले पनि सहजै आफूले कोरोना जितेको उनले दाबी गरेका छन् । यस बिचमा आफूलाई कोरोना संक्रमण भएको जस्तो कुनै अनुभूती नभएको समेत उनले बताए ।
१२ दिनको अबधिमा कुनै केही समस्या नभएको भन्दै कोरोनालाई बाहिर धेरै हल्लाको रुपमा फैलाएको जस्तो आफूलाई अनुभूती भएको बताए ।
यस अबधिमा आफूले ब्यायम गर्ने ,योगा गर्ने, पुस्तकहरु अध्ययन गर्ने र गित संगित संगै फिल्म हेरी आफूलाई ब्यस्त बनाई तनाब नलिएकाले पनि आफूले सहजै कोरोना जितेको पोखरेलले दाबी गरे ।
आफूलाई कोरोनाको कुनै लक्षण पनि देखा नपरेकाले कोरोना संक्रमण भएजस्तो नलागेको बताएका छन् । उनले कोरोनालाई धेरै ठुलो रोगका रुपमा नलिन सामान्य रुपमा लिन आग्रह गरेका छन् । कोरोनालाई बाहिर धेरै हल्लाको रुपमा फैलाएको जस्तो आफूलाई भान भउको उनी बताउँछन् ।
दूई पटक सम्म परीक्षण गर्दा पोखरेलको रिपोर्ट नेगेटिभ आएकाले उहाँलाई डिस्चार्ज गरिएकोे गुल्मी अस्पतालका डाक्टर उत्तम पच्याले जानकारी दिए ।
सामाजिक दुरी कायम गरी भलाकुसारी गरे
यस समय अबधिमा आफूले सामाजिक दुरी कायम गरी भेटघाट गरेका बताएका छन् ।
आफूसंग भेटघाट गर्नका लागि यस अबधिमा धेरै शुुभचिन्तकहरु आएकाले सामाजिक दुरी कायम गरी भलाकुसारी गरेको बताएका छन् ।
आफू एकान्तबासमा बस्दा धेरैका फोनहरु आएको र स्वास्थ्य अबस्थाको बारेमा जानकारी लिएको बताए । फोनमार्फत धेरैले सान्त्वना दिएको र उच्च मनोबल बनाउनका लागि सहयोग गरेको पोखरेलले बताएका छन् । आफु उकान्तबासमा बस्दा डाक्टरहरुसंग निरन्तर सम्पर्कमा रहेको बताए । उनी धुर्कोट गाउँपालिकाको आइसुलेसनमा बसेका थिए ।
कोरोनाका लक्षण नदेखिए अस्पताल जानु पर्दैन
कोरोनाका लक्षण नदेखिएकाहरुलाई अस्पतालमा लगेर उपचार गर्न नपर्ने उनको सुझाब छ ।
संक्रमितहरुलाई कुनै लक्षण नै देखा परेको छैन भने अस्पतालमा लगेर राख्नुको कुनै अर्थ नभएको भन्दै उनले स्वास्थ्यमा केही समस्या देखा परेमात्र अस्पताल जानुपर्ने बताए ।
केही समस्या नआए घरमै एक्लै बसेर पनि कोरोनालाई जित्न सकिने भन्दै आत्मबल र खानपानमा ध्यान दिनु पर्नेमा उनले जोड दिए । शारीरिक ब्यायम , खानपानमा ध्यान दिँदै गाउँकै जडिबुटीहरुलाई प्रयोगमा ल्याउनु उपयुक्त हुने उनको तर्क छ ।

क्वारेन्टाइनमा बसेकाहरुको स्वास्थ्य अबस्थाबारे चिन्तित थिए
गाउँपालिका भित्रका बिभिन्न स्थानहरुको क्वारेन्टाइनमा बसेकाहरुको अबस्था के कस्तो छ होला भन्दै धेरै चिन्तित भएको उनले बताए ।
आफू एकान्तबासमा भएपनि क्वारेन्टाइनमा रहेकाको अबस्था ,उनीहरुको खानपान के कस्तो छ होला भन्दै उनीहरुकै स्वास्थ्य प्रति धेरै चिन्ताले सताउने गरेको उनले बताए ।
क्वारेन्टाइनको ब्यबस्थापन राम्रै भएको र आफूले फोन मार्फत बुझेपनि आफूले देखेको जस्तो मनमा सन्तोष नभएको उनले बताए ।
गाउँपालिकालाई नमुना बनाउने गरी योजना बनाएको छु
आफू एकान्तबासमा बस्दा गाउँपालिकालाई नमुना बनाउने गरी योजना बनाउने बताउँदै आएका उनले गाउँपालिकाको आगामी योजना बनाएको बताएका छन् ।
आफू एकान्तबासमा रहँदा आगामी आर्थिक बर्ष २०७७।०७८ का लागि गाउँपालिकाले बनाउने नीति तथा कार्यक्रमहरु संगै चौतर्फी योजनाहरु बनाएको बताए । आफूले यसलाई अबसरको रुपमा लिउको पनि पोखरेलले दाबी गरेका छन् ।
कोरोना भाइरसका कारण देश बिदेशबाट फकिएका र फर्किने क्रममा रहेकाहरुलाई कसरी ब्यबस्थापन गर्ने भन्ने बारेमा सोचेको बताएका छन् । भारत तथा बिदेशबाट फर्किएका युवाहरुलाई उत्पादन क्षेत्रमा जोड्ने र उनीहरुलाई गाउँमानै रोजगार सृजना गरी आत्म निर्भर बनाउने उनको योजना छ ।
गाउँमा रहेका बाँझा जमिनलाई उत्पादन योग्य जमिनमा ल्याउने र कृषि पशुपालमा जोड दिन सकिने उनले बताए । कोरोना भाइरसका कारण खाद्य संकटलाई टार्नका लागि गाउँका बाँझो जमिनलाई उत्पादनमा ल्याउनु बाहेकको बिकल्प नभएको उनको भनाई छ ।
उनी गुल्मीबाट कोरोना जित्ने दोस्रो ब्याक्ति हुन । यस अगाडी मदाने गाउँपालिका वडा नं ६ पुर्कोटदहका कृषि बिकास बैंकका कर्मचारीले १० दिनमै कोरोना जितेका थिए ।

SHARE