क्वारेन्टाइनमा बसेका एक युवाको निधन

0
271

जेठ २५, २०७७  :  डोटीमा क्वारेन्टाइनमा बसेका एक १९ वर्षीय युवकको बिहान मृत्यु भएको छ।
केहिदिनअघि भारतबाट आएर डोटीको के आइ सिँह गाउँपालिकास्थित एक क्वारेन्टाइनमा बसेका युवकको मृत्यु भएको गाउँपालिकाका अध्यक्ष लोकेन्द्र बहादुर शाहीले जानकारी दिए।
गाउँपालिकाको दल्ल गाउँका ती युवकको आइतबार बिहान ३ बजे मृत्यु भएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक तिलबहादुर बोहराले जानकारी दिए। जेठ २० गते भारतबाट आएका उनी लामो समयदेखि मुटुको रोगी थिए।
क्वारेन्टाइनमा राखिएको छोरालाई बिसञ्चो भएपछि राति भेट्न आउँदा बित्तिकै छोरा बेहोस भई ढलेको उनले बताए। छोरा बेहोस भएर ढलेपछि स्याहार गर्नका लागि आफैं क्वारेन्टाइन बस्ने सर्तमा उनका बुबा पनि क्वारेन्टाइन भित्र पसेका थिए।
मृतक युवामा पहिले पनि यस्तै लक्षण र समस्या देखिने गरेकाले आफूहरुले सामान्य नै होला भनेर स्वास्थ्यकर्मीलाई नबोलाएको उनका बुबाले बताए। मृतकका बुवा पनि बिहानैदेखि क्वारेन्टाइनमा छन्। कोरोना परीक्षणको लागि मृतक युवाको स्वाव संकलन गर्न घटनास्थलतर्फ गइरहेको स्वास्थ्य संयोजक बोहराले बताए।
जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराका अनुसार घटनास्थलमा प्रहरी टोली पुगिसकेको छ। स्वाबको नतिजा नआएसम्म शव प्रहरीको निगरानीमा रहने उनले जानकारी दिए।

SHARE