गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोना संक्रमण पुुष्टि

0
287

जेठ २५, २०७७ पोखरा : गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन्।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आज विहान सार्वजनिक गरेको तथ्यांकअनुसार स्याङ्जामा १४, बाग्लुङमा १०, गोरखामा १० र नवलपरासी बर्दघाट सुस्ता पूर्वमा ४ जना थपिएका हुन्। पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा स्याङ्जा वालिङ र भीरकोट नगरपालिकाका १४ जना पुरुष छन्।

त्यस्तै बाग्लुङको बडिगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाकाका १० जना छन्। त्यस्तै गोरखाको पालुङटार नगरपालिकाका र गण्डकी गाउँपालिकाका १० जना छन्। नपलपरासीको हुप्से गाउँपालिकाका ४ जना रहेका छन्। योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ११३ पुगेको छ।

SHARE