
जेठ २३,२०७७ : शुक्रबार देशका बिभिन्न स्थानमा गरिएको परीक्षणमा २७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यो संगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या २९ सय १२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डाक्टर बिकाश देवकोटाले जानकारी दिए । उनीहरुको स्वास्थ्य अबस्था सामान्य रहेको छ ।
हाल सम्म देशका ६८ जिल्लामा संक्रमण फैलिएको मन्त्रालयले जनाएको छ ।






