एकै दिन थपिए ३३४ कोरोना संक्रमित

0
389

जेठ २२,२०७७ काठमाण्डौ : नेपालमा एकै दिन ३३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ६३४ पुगेको स्वास्थ्य तथा जनंख्या मनत्रालयका प्रबक्ता बिकास देबकोटाले जानकारी दिए ।
देशका बिभिन्न स्थानहरुमा गरिएको पिसिआर परीक्षणमा आज ३३४ जना संक्रमितहरु फेला परेको भन्दै उनीहरु सबै जनाको स्वास्थ्य अबस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।
यस्तै कोरोनाका काराण नेपालमा ज्यान गुमाउनेको संख्या १० पुगेको देबकोटाले जानकारी दिए ।
पछिल्लो समय यही जेठ २० गते पाल्पाको पुर्वखोला गाउँपालिकाका ४५ बर्षिय पुरुषको उपचारको क्रममा मिसन अस्पतालमा ज्यान गएको र उनको कोरोना रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

SHARE