जेठ २२,२०७७ संखुवासभा : संखुवासभामा खोलाले बगाएर एक बालिकाको ज्यान गएको छ ।
जिल्लाको खाँदबारी नगरपालिका ८ की ८ बर्षिय कोरिना राइको खोला तर्ने क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यलय संखुवासभाले जानकारी दिएको छ ।
उनका बाबु दीपक संगै दोभानटार तर्फ जाँदै गर्दा सभाखोला तर्ने क्रममा दुबै जना लेडर खोलाले बगाएको र बाबु पौडीखेली निस्केका थिए भने बालिकालाई खोलाले बगाई एक किलोमिटर तल मृत अबस्थामा फेला पारेको प्रहरी निरीक्षक सन्तोश राइले जानकारी दिए ।