
जेठ २२,२०७७ काठमाणडौ : तरकारी नष्ट नगर्न गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यलयहरुलाई निर्देशन दिएको छ ।
पछिल्लो समयमा तरकारीबाट कोरोना सर्ने भन्दै अन्य जिल्लाहरबाट ल्याइउका तरकारी नष्ट गरेको खबर आएकाले उत्पादित तरकारी नष्ट नर्गन र सहज रुपमा समन्वयको ब्यबस्था गर्न गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यलयलाई निर्देशन दिएको मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले जानकारी दिए ।











