गुल्मीमा जातीय बिभेद : दलित गैरदलितको घरमा पसेको भन्दै जरिवाना

0
523

तिलाचन पाण्डे
जेठ २१,२०७७ गुल्मी :गुल्मीको कालीगण्डकी गाउँपालिका फोक्सिङमा दलित गैरदलितको घरमा पसेका कारण जरिवाना गराइएको छ ।
बैशाख २२ गते मलामी गएर फर्किएका २७ बर्षीय श्याम बहादुर परियार ठूलो पानीको कारण ओत लाग्न स्थानीय ४३ बर्षीय नेत्र काउछाको घरमा पसे । घरधनी काउछा सहितका स्थानीयले मगरको घरमा दलित पसेपछि पवित्र बनाउन पुजापाठ गराउनु पर्ने भन्दै एक हजार पाँच सय जरिवाना गरे ।
श्यामबहादुरले आफू दलित भएकै कारण बिभेद गरि जरिवाना गराइएको भन्दै जातिय छुवाछुतको मुद्धा जिल्ला प्रहरी कार्यालय गुल्मीमा दर्ता भएको छ ।
पीडित परिवारले जिल्लाका दलित संघ–संस्थाको उपस्थितीमा जिल्ला प्रहरी कार्यालय गुल्मीमा उजुरी दिएका थिए । मुद्धा दर्ता गरेर आवश्यक प्रक्रिया अगाडी बढाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक राजकुमार रावलले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यलय गुल्मीले नेत्र काउछालाई जेठ ६ गते प्रक्राउ गरेर अनुन्धान गरिरहेको जनाएको छ ।
काउछालाई गुल्मी अदालतको अनुमति लिएर प्रक्राउ गरि अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी उपरीक्षक राजेन्द्रसिंह खडकाले जानकारी दिए । दलित भउकै कारण गैरदलितको घरमा प्रबेश गर्दा जरिवाना गराइनु कानून बिपरीत भएको भन्दै घटनाको बारेमा थप अनुसन्धान भइरहेको खडकाले बताए ।

कानुन अनुसार जरिवाना गर्ने, कुटपीटको प्रयास गर्ने कार्य जातीय भेदभाव तथा छुवाछुत कसुर ऐन विपरित र गम्भीर मानव अधिकार उल्ङघनको घटना भएको भन्दै दलित साझा मञ्च, नेपाल दलित मुक्ति संगठन, नेपाल दलित संघ, दलित महिला संघ, परियार समाज, इन्सेक र मानव अधिकार तथा सामाजिक रुपान्तरण लगायतका दोषीलाई कडा कारबाहीको माग गरेका छन् ।
दलित भएकै कारण जरिवाना गराइयो  : बिश्वकर्मा
यता दलित साझा मञ्चका अध्यक्ष गणेश विश्वकर्माले पहिले पनि त्यो क्षेत्रमा जातिय छुवाछुतका घटना भइरहेकाले अब सम्झौता गर्न नसकिने बताए ।
नेपालमा जतिसुकै सबै समानतका कुराहरु गरे पनि ब्यबहारमा लागु हुन नसकेको दाबी गरे । उनले संबिधानमै छुवाछुत बिरुद्धको अधिकार भएपनि त्यसलाई कार्यन्वयन नगरिएको बताए ।
उनले जातिय आधारमा गरिएको बिभेदका बयाक्तिलाई हदै सम्मको कारवाही हुने पर्ने दाबी गरे । कालीगण्डकीमा भएको घटनामा दलित भएकै कारण जरिवाना गराइएको उनको दाबी छ ।
दलितले बनाएका मर्तिहरुमा पुजापाठ गर्ने , दलितहरुलाई त्यही मन्दिरमा जान रोक्ने र दलितहरुले छोएको पानी किन नचल्ने भन्दै काटे रगत सबैको रातो हुँदा पनि जातकै आधारमा बिभेद अब सहन नसकिने उनको तर्क छ ।

SHARE