चिताको शब प्रहरीले लियो

0
513

जेठ २१,०७७ रौतहट :दाहासंस्कारका लागि चितामा लगेको शब प्रहरीले कब्जामा लिएको छ ।
रौतहटको बाल्चनपुर स्थित मुकेश पण्डितकी श्रीमती सीमा कुमारीको शब जलाउन चितामा चढाएको अबस्थामा प्रहरीले कब्जामा लिएको इलाका प्रहरी कार्यलय चन्द्रनिगाहापुर रौतहटका प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए ।
शबको प्रकृति हेर्दा हत्या गरेको जस्तो लागेको र शबलाई पोष्टमार्टमका लागि चन्द्रपुर अस्पतालमा पठाइएको उनले जानकारी दिए ।
स्थानीय खोलामा शबलाई जलाउन ठिक्क पारिएको अबस्थामा शबलाई कब्जा गरि उनका श्रीमान मुकेश सिंहलाई प्रहरीले प्रकाउ गरेको र घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

SHARE