
जेठ २१,२०७७ दैलेख :दैलेखमा बस दुर्घटना हुँदा चालकको ज्यान गएको छ भने सह चालक घाइते भएका छन् ।
कंचनपुरको गुडडा चौकी नाकाबाट यात्रु लिएर दैलेखखको ढुगेंश्वरका नागरिक लिएर गएको ना ५ ख १६८५ नं को बस दुर्घटना हुँदा चालकको घटनास्थलमै ज्यान गएको र सह चालक घाइते भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा ज्यान जानेमा कंचनपुर भीमदत्त नगरपालिका ५ का चालक ४० बर्षका कल्याणसिंह बोहरा रहेको दैलेखका प्रहरी प्रमुख हरिबहादुर वलीले जानकारी दिए ।
सोही ठेगाना भएका सह चालक ३५ बर्षिय जयरा अबस्थीलाई उपचारका लागि सुर्खेत लगिएको र घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






