हिटी गाउँ २४ गते सम्म सिल

0
568

जेठ २१,२०७७ धादिङ  : जिल्ला सुरक्षा समिति धादिङले सिद्धलेक गाउँपालिका वडा नं ५ स्थित् हिटी गाउँ सिल गरेको छ ।

मंगलवार धादिङको सिद्धलेक गाउँपालिका वडा नं ५ कि २३ वर्षिय गर्भवती महिलामा कोराना संक्रमण पुष्टि भएपछि उक्त गाउँ सिल गरिएको हो ।
जिल्ला सुरक्षा समितिले संक्रमित महिलाको गाउँको सम्भावित जोखिमलाई ध्यानमा राख्दै गाउँ नै सिल गरिएको जनाएको छ ।
बुधवार बिहान सिद्धलेक गाउँपालिकाका अध्यक्ष प्रेमनाथ सिलवाल सहित बसेको जिल्ला सुरक्षा समितिको वैठकले गाउँमा स्थानीय प्रशासन ऐन अनुसार सिल गरि निषेधाज्ञा जारी गरिएको धादिङका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला सुरक्षा समितिका संयोजक अस्मान तामाङले जानकारी दिए ।
प्रजिअ तामाङका अनुसार, वडा नं ५ कुम्पुर हिटी गाउँको पूर्वमा गनगने चौतारा, पश्चिममा चिप्ले डाँडा, उत्तरमा सुकौरा खोला र दक्षिणमा आँख्ले चौतारो वीचको सीमाक्षेत्रलाइ सिल गरिएको छ ।
कोेरोनाको संक्रमण देखिएकी महिला गत जेठ १४ गते सुत्केरी हुने दिन पुगे पछि जिल्ला अस्पताल धादिङवेशी गएकी थिइन् ।

SHARE